काठमाडौं ।कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन् । मन्त्री खनालले संसारभरका रोग हुल्ने गरि नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन नदिने बताए ।
बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको बताए । व्यवसायीहरुले अनौपचारिक रुपमा दशैंमा त देख्लास् भनेर धम्की दिएको बताए ।
मन्त्री खनालले हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भन्दै उत्पादनमा जोड दिएर र स्वस्थकर खाना खान सकिने बताए ।