२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनमा पाएको मतको न्याय गर्छुः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताएका छन्।

१४ औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी भएपछि पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।  

नेता थापाले आफूलाई मत दिएर जिताएका सबै मतदातालाई धन्यवाद दिँदै मतदाताको पनि विश्वास जित्नेगरी काम गर्ने बताएका छन्। 

‘इमान्दारितापूर्वक आफ्नो भूमिका निर्वाह गर्नेछु। मैले साथीहरुलाई एक दिन पनि गलत मान्छे छानेछु भन्ने दिन आउन दिन्नँ भनेको छु। म सिंगो पार्टीको महामन्त्री बन्छु,’ उनले भने।

आफूसहितका पदाधिकारीले सभापतिलाई बल पुग्नेगरी, तागत पुर्याउने गरी काम गर्ने पनि बताएका छन्। 

‘यो मतप्रति मैले न्याय गर्नुपर्छ । मसँग एक दिन पनि चुक्ने सुविधा छैन, एक दिन पनि थाक्ने सुविधा छैन । म अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु’ उनले भने ।

पार्टीलाई व्यवस्थापन गर्ने महामन्त्रीको भएको भन्दै पार्टीमा नजोडिएका साथीलाई पनि पार्टीमा जोड्न आफूले काम गर्ने थापाको भनाई छ।