१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनका लागि मतदाता र मतदान केन्द्र तोकियो



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ मा हुन गइरहेको राष्ट्रियसभा सदस्य  निर्वाचनका लागि मतदाता र मतदान केन्द्र तोकेको छ । 

प्रदेशसभा सदस्यहरू ५३२ र पालिका प्रमुख र उपप्रमुख १४९३ गरी जम्मा २०२५ मतदाता हुने निर्वाचन आयोगले जनाएको छ ।

यस निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान स्थल अन्य ६ वटामा १/१ वटा मतदानस्थल भित्र २/२ वटा मतदान केन्द्र ८ वटा मतदानस्थलमा १४ वटा मतदानकेन्द्र तोकिएका छन् ।

आयोगका अनुसार प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेशसभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदान स्थल तोकिएको छ ।

यस्तै, प्रदेश २ को लागि महेन्द्रनारायण निधि भवन, वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकिएको छ ।