१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचनका लागि मतदाता र मतदान केन्द्र तोकियो



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ मा हुन गइरहेको राष्ट्रियसभा सदस्य  निर्वाचनका लागि मतदाता र मतदान केन्द्र तोकेको छ । 

प्रदेशसभा सदस्यहरू ५३२ र पालिका प्रमुख र उपप्रमुख १४९३ गरी जम्मा २०२५ मतदाता हुने निर्वाचन आयोगले जनाएको छ ।

यस निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान स्थल अन्य ६ वटामा १/१ वटा मतदानस्थल भित्र २/२ वटा मतदान केन्द्र ८ वटा मतदानस्थलमा १४ वटा मतदानकेन्द्र तोकिएका छन् ।

आयोगका अनुसार प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेशसभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदान स्थल तोकिएको छ ।

यस्तै, प्रदेश २ को लागि महेन्द्रनारायण निधि भवन, वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकिएको छ ।