७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य चौकीका अहेब मृत अवस्थामा फेला



अ+ अ-

ओखलढुंगा । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ९ ज्यामिरे स्वास्थ्य चौकीका अहेब मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान घरबाट कार्यलय हिँडेका अन्दाजी ४१ वर्षीय पृथ्वी बहादुर बानियाँ मृत अवस्थामा फेला परेका हुन् ।

ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताए । उनले मृतकले मादक पदार्थ सेवन गरेको भएपनि अनुसन्धान पछि मृत्युको कारण पत्ता लाग्ने बताए ।