१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुटा विवरण पेश गरी नागरिकता लिएको आरोपमा दुईजना पक्राउ



अ+ अ-

धादिङ । दक्षिणी धादिङको बेनिघाटमा झुटा विवरण पेश गरी नागरिकता लिएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोराङ गाउँपालिका–१० ओप्राङका बुद्धिबहादुर प्रजा र प्रेम बहादुर प्रजा पक्राउ परेका हुन्।

सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो सहोदर भाइ बनाएर नागरिकता दिलाएको जिल्ला प्रहरी कार्यलय धादिङले बताएको छ ।

पक्राउ परेकाबाट नागरिकता र कागजात किर्ते सम्बन्धी मुद्धामा अनुसन्धान सुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याइने धादिङ प्रहरी प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए।