१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ए डिभिजन लिगः भोलिबाट पाँचौ चरणका खेल हुँदै



file
अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा भोलिबाट पाँचौ चरणका खेल आरम्भ हुँदैछन् । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन् । लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ । सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुंगो लाग्नेछ । 

शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगमा पाँचौ चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दै छ । अन्डरडगको रुपमा हेरिएको सातदोबाटो क्लब विभागीय बलियो टोलीलाई रोक्दै अंकका लागि खेल्दा आर्मीले एएफसी कपको छनोट चरण खेल्ने लक्ष्य लिएर स्पष्ट तीन अंकका लागि खेल्दै छ । सातदोबाटो युथ क्लबका सहायक प्रशिक्षक सुरज महर्जजनले आर्मीलाई रोक्दै तीन अंकका लागि खेल्ने बताए । यस्तै अन्य टोलीका प्रशिक्षकले पनि तीन अंकका लागि पाँचौ चरणका खेलमा प्रतिस्पर्धा गर्ने बताए ।

लिग अन्र्तगत दिनको दोस्रो खेलमा संकटा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा चौथो चरणका खेल सकिँदा तेस्रो चरणमा अंक जोड्न असफल भएका टोलीले खाता खोलेका छन् । एन्फाले नवौं चरणको खेल तालिका सोमबार सार्वजनिक गरेको थियो । त्यसमध्ये मनाङले खेल्ने ३ खेल पोखरामा हुनेछन भने बाँकी सबै खेल दशरथ रंगशालामा हुँदैछन् ।