२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता

ए डिभिजन लिगः भोलिबाट पाँचौ चरणका खेल हुँदै

ए डिभिजन लिगः भोलिबाट पाँचौ चरणका खेल हुँदै
file
अ अ+ अ-

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा भोलिबाट पाँचौ चरणका खेल आरम्भ हुँदैछन् । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन् । लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ । सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुंगो लाग्नेछ । 

शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगमा पाँचौ चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दै छ । अन्डरडगको रुपमा हेरिएको सातदोबाटो क्लब विभागीय बलियो टोलीलाई रोक्दै अंकका लागि खेल्दा आर्मीले एएफसी कपको छनोट चरण खेल्ने लक्ष्य लिएर स्पष्ट तीन अंकका लागि खेल्दै छ । सातदोबाटो युथ क्लबका सहायक प्रशिक्षक सुरज महर्जजनले आर्मीलाई रोक्दै तीन अंकका लागि खेल्ने बताए । यस्तै अन्य टोलीका प्रशिक्षकले पनि तीन अंकका लागि पाँचौ चरणका खेलमा प्रतिस्पर्धा गर्ने बताए ।

लिग अन्र्तगत दिनको दोस्रो खेलमा संकटा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा चौथो चरणका खेल सकिँदा तेस्रो चरणमा अंक जोड्न असफल भएका टोलीले खाता खोलेका छन् । एन्फाले नवौं चरणको खेल तालिका सोमबार सार्वजनिक गरेको थियो । त्यसमध्ये मनाङले खेल्ने ३ खेल पोखरामा हुनेछन भने बाँकी सबै खेल दशरथ रंगशालामा हुँदैछन् ।