• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

शुटिङको तस्बिर लिक भएपछि सलमान खान रिसाए



बलिउडका सुपर स्टार सलमान खान अहिले आफ्नो आउँदा चलचित्र दबंग ३ को शुटिङमा ब्यस्त छन् । उनको यो भन्दा अगाडिको दबंग,दबंग२ ले पनि बजारमा राम्रो भाउ पाएको थियो । उनका फ्यानहरुले उनको यस चलचित्रको चुलबुल पान्डे को रोललाई पनि निकै नै मन पराएका थिए । तर पछिल्लो समय दबंग ३ को शुटिङ गर्दै गर्दा उनको शुटिङको भिडियो तथा तस्बिरहरु लिक भएपछि भने उनी केहि रिसाएका छन् ।

सलमान खानले यसरी भिडियो तथा तस्बिरहरु लिक गराउनेको बिरुद्द कडा कदम चालिने बताएका छन् । तस्वीरहरूमा सलमान खान–सोनाक्षी सिन्हा नृत्य क्रमका लागि शूटिङ गर्दै थिए। एकातिर, फ्यानहरू गीतको झलक देख्न उत्साहित भए भने, सलमान यससँग खुसी छैनन् ।

मिड–डे स्रोतका अनुसार,’सलमान खानले निर्माण, रचनात्मक र मार्केटि टोलीसँग एक बैठक बोलाएर लीक भएका चित्रहरूका बारेमा नाराजगी व्यक्त गरे । सलमानले आफ्नो टोलीलाई कडा शब्दमा भने कि फेरि सेटबाट केहि पनि लिक नहोस। सलमानले दबंग ३ को पुणेको सेटको भित्ता बढाउन आदेश दिएका छन् ।’