२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पालिका जोड्ने मितेरी पुल शिलान्यास



अ+ अ-

तनहुँ । तनहुँका दुई पालिका जोड्ने मितेरी पुल निर्माण सुरु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–५ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने म्याग्दे खोलामा मितेरी पक्की पुल बिहिबार शिलान्यास गरिएको हो ।

पुल निर्माणका लागि करसहित रु एक करोड ४० लाख ४३ हजार १४५ मा ठेक्का सम्झौता भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । सम्झौताअनुसार गाउँपालिका र नगरपालिकाले समान रु ७० लाख २१ हजार ५७२ लगानी गर्ने गरी पुल निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । आगामी २०७९ मङ्सिर ५ गते निर्माण सक्ने गरी गत असोज ४ गते ठेक्का सम्झौता भएको ठेकदार कम्पनी कश्यप निर्माण सेवा प्रालिले जनाएको छ ।

गुणस्तरीय काम गर्न र समयमै सक्न दुवै पालिकाका प्राविधिक टोली, जनप्रतिनिधि र वडावासीलाई सक्रिय हुन आग्रह गरिएको छ । पुलको काम अघि बढाउन नगरपालिकाले रु ५० लाख बुझाइसकेको छ । नगर प्रमुख किशान गुरुङ र गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले संयुक्तरूपमा पुल शिलान्यास गर्नुभएको थियो । रासस