१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल र स्कुटरको झडपमा एक को मृत्यु



अ+ अ-

भक्तपुर । भक्तपुरको नयाँ थिमीमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने, स्कुटर चालक घाइते छन् । मृत्यु हुनेमा मध्यपुर थिमि–५ कमेरेटारका २२ वर्षीय राजेश गोजा छन् ।

दुर्घटनाबाट सख्त घाइते गोजाको उपचारकै क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । प्रहरीका अनुसार शुक्रबार बिहान सूर्यविनायक–तीनकुने सडकखण्ड अन्तर्गत मध्यपुर थिमि–४ नयाँथिमि चारदोबाटोस्थित भक्तपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोटतर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्बरको स्कुटर एक आपसमा जुधेका थिए ।

घाइते स्कुटर चालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रविण लोहलाको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।