१० भाद्र २०८३, बुधबार
,
Latest
ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन भोटेकोशी बाढीः हालसम्म ९५ जनाको मृत्यु प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस् कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न ,राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चट्याङ लागेर बालिकाको मृत्यु



अ+ अ-

मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका–१० बधेडामा मध्यराति १ः०० बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहको स्थानीय रमेश सार्कीले बताउनुभयो ।

लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाइ रहेको छ । मृतक बालिकाकी आमा दीला सार्कीको अवस्था भने अचेत रहेको बताइएको छ । मृतक बालिकाका बुबा नोकरीको सिलसिलामा भारतमा रहेका छन् ।

चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ । क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।