१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

विधुतको बाँधस्थलमा जग्गा कारोवार ह्वातै बढ्यो

विधुतको बाँधस्थलमा जग्गा कारोवार ह्वातै बढ्यो
अ अ+ अ-

जाजरकोट । नलगाड जलविद्युत् कम्पनीको बाँध निर्माण गर्ने बारेकोट गाउँपालिकाको विभिन्न क्षेत्रमा जग्गा किनबेचमा वृद्धि भएको छ । कम्पनीले चालू आर्थिक वर्षमा मुआब्जा वितरण गर्ने भएपछि जग्गा किनबेच बढेको हो । कम्पनीको बाँधस्थल (डुबान क्षेत्र) बारेकोट गाउँपालिका वडा नं १, २, ५, ६, ७, ८ र ९ स्थित जग्गाको बिक्री वितरण बढेको हो ।

नलगाड जलविद्युत्ले विद्युत्गृह निर्माण स्थल र बाँधस्थलको छ हजार रोपनी जग्गा अधिकरण गरी मुआब्जा वितरण गर्न लागेको हो । कम्पनीले चालू आवमा मुआब्जाका लागि रु दुई अर्ब रु ७२ करोड बजेट छुट्याएको छ । कम्पनीले यसअघि प्रतिरोपनी रु चार लाख ७५ हजारका दरले ४०० रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ ।

नलगाड जलविद्युत् कम्पनीले अधिकरण गर्न लागेको जग्गाको बिक्री वितरण बढी हुने गरेको छ । डुबान क्षेत्रका जग्गाधनी कम्पनीको मुआब्जा दरभन्दा आधा कम मूल्यमा जग्गा बिक्री गर्ने गरेको पाइएको छ । डुबान क्षेत्रको जग्गा किन्न काठमाडौँ, दाङ, बाँके, सुर्खेतलगायत ठाउँबाट आउने गरेको बारेकोट गाउँपालिका–५ का जयबहादुर खत्रीले बताए ।

“कम्पनीले अधिकरण गर्ने भनिएको डुबान क्षेत्रमा जिल्लाभित्र र बाहिरका सयौँले सस्तो मूल्यमा जग्गा किनिसकेका छन्”, उनले भने । बारेकोटको सेपुखोला, अँधेरी खोला, सक्ला, कार्कीजिउला, लिम्सा, गोलखारा, जुगेना, काउलीलगायत ठाउँको जग्गा बिक्री वितरणले चर्चा लिएकोे छ । कम्पनीको डुबान क्षेत्रमा गत वर्ष १५० जनाले जग्गा किनबेच गरेको मालपोत कार्यालयका प्रमुख अभिबहादुर गिरीले बताए ।

गत वर्ष उक्त डुबानको जग्गा किनबेचबाट कार्यालयले रु छ लाख राजश्व असुलेको उनको भनार्इ छ । डुबान क्षेत्रमा गत साउनमा मात्र ३६ जनाले जग्गा किनबेच गरिसकेको प्रमुख गिरीको भनार्इ छ । डुबान क्षेत्रमा दिन प्रतिदिन जग्गा किनबेच बढेको छ ।” मालपोत कार्यालयले गत वर्ष एक हजार ८०० जनाको जग्गा किनबेचबाट रु ९२ लाख राजश्व असुलेको उनले जानकारी दिए।

कार्यालयका अनुसार जिल्लामा सबैभन्दा कम जग्गा किनबेच गर्ने गाउँपालिका जुनीचाँदे रहेको छ । जग्गा किनबेच कारोवार गर्नेमा पहिला बारेकोट गाउँपालिका, दोस्रो भेरी नगरपालिका र तेस्रो नलगाड नगरपालिका रहेको प्रमुख गिरीले बताए । सदरमुकाम खलङ्गामा भने जग्गा किनबेच घटेको पाइएको छ ।

इन्टरनेटले सेवाग्राहीलाई सास्ती

मालपोत कार्यालय जाजरकोटले सञ्चालन गरेको अनलाइन सेवाबाट सेवाग्राहीलाई सास्ती हुने गरेको छ । मालपोतमा नियमित इन्टरनेटको सुविधा नहुँदा जग्गा कारोवार गर्न आएका सेवाग्राहीलाई सास्ती हुने गरेको हो । जाजरकोट मालपोत कार्यालयले सेवाग्राहीको काम छिटोछरितो गर्न गत असार पहिलो सातादेखि अनलाइन पद्धतिबाट जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण शुरु गरेको थियो । सेवा सुस्त बनेपछि सेवाग्राहीले पहिलेभन्दा झन सास्ती भोग्नुपरेको हो ।

अनलाइन सेवा सञ्चालन गर्नुअघि दैनिक ४०/४५ हस्तलिखित लालपूर्जा बन्ने गरेकामा अनलाइन पद्धतिबाट चार÷पाँचभन्दा नबन्ने गरेको लेखापढी व्यवसायी लालबहादुर चलाउने बताए । अनियमित अनलाइन सेवाका कारण मालपोतमा जग्गा दर्ता, नामसारी, कित्ताकाटलगायत गर्न ढिलाइ हुने गरेको उनको भनाई छ । विद्युत् अभाव, इन्टरनेटको समस्या र अन्य प्राविधिक कारणले मालपोत कार्यालयमा सेवाग्राहीको काम ढिलो हुने गरेको छ ।

मालपोतमा काठमाडौँको ‘सुपिस–यु’ नामक संस्थाले जडान गरेको इन्टरनेट तीन सातादेखि बन्द हुँदा समस्या भएको खरिदार चन्द्रबहादुर खड्काले बताए । सम्बन्धित कम्पनीको लापरवाही जनतालाई सास्ती भएको उनको भनार्इ छ । रकम लिने इन्टरनेट नियमित नबनाउने कम्पनीका कारण जनतालाई सास्ती मात्र हैन, व्ययभार बढेको छ ।

अनलाइन सेवाले सम्पूर्ण अभिलेख सिंहदरबार केन्द्रित हुने, छिटोछरितो सेवा, आर्थिक हित कायम राख्ने, भू–अभिलेख तथा स्रस्ता व्यवस्थित हुने, जग्गाधनी तथा मोहीको हक संरक्षण हुने र भूमि व्यवस्थापन कार्यलाई सेवामुखी तथा सूचनामूलक बनाउने भने पनि त्यसो हुन नसकेको सेवाग्राहीको भनाई छ ।