१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाच्न नजान्ने आगन टेढो: साझा पार्टी संयोजक मिश्र



अ+ अ-

बुटवल। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि पूर्वराजाबाट कुनै खतरा नभएको स्पष्ट पारेका छन् । हालै दलका नेताहरुले पूर्वराजाका कारणले गणतन्त्र खतरामा परेको भन्ने अभिव्यक्ति गतल भएको भन्दै आफुले यस्तो धारणा राखेका हुन् । उनले दलका नेताहरुको अभिव्यक्तिलाई ‘नाच्न नजान्ने आगन टेढो’ को संज्ञा समेत दिए ।

आइतबार बिहान बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गणतन्त्रमाथि खतरा आयो भन्ने नेताहरु अभिव्यक्ति आफ्ना कमिकमजोरी ढाकछोप गर्ने प्रयासको मात्र भएको बताए । पूर्वराजा र राजतन्त्रवादीहरुको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको भन्दै उनले बर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरुका कमि कमजोरीका कारण गणतन्त्र खतरामा पर्न सक्ने टिप्पणी गरे ।

पुराना दलहरुबबाट मुलुकको समृद्धि सम्भव नभएको भन्दै उनले साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका रहेको दाबी गरे । दुई तिहाई बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने विश्वासमा रहेपनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडि बढ्न नसकेको भन्दै उनले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको पनि बताए ।

रवी लामिछानेको समर्थनमा भैरहेका प्रदर्शनबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै संयोजक मिश्रले मुलुकमा कानूनी राजप्रति जनताको अविस्वासको संकेतको रुपमा यसलाई आफूले लिएको बताए । कसैको विरोध र समर्थनमा नारा जुलुस गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार रहेको भन्दै उनले यद्यपी कुनै घटनाको बारेमा भिडबाट निर्णय गर्ने अधिकार भने कसैलाई नभएको बताए ।