५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा बङ्लादेशमा ८ जनाको मृत्यु, १८ घाइते



अ+ अ-

ढाका । बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको मध्य भागमा पर्ने फरिदपुर जिल्लामा शनिबार भएको दुर्घटनामा परी अरु १८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । फरिदपुरको कोतवाली प्रहरी कार्यालयका प्रमुख एफएम नसिमले राजधानी ढाका र दक्षिणी खुल्ना क्षेत्रीय शहरलाई जोड्ने सडकमा दुर्घटना भएको पत्रकारहरुलाई जानकारी दिए ।

स्थानीय समय अनुसार दिउँसो २ बजेतिर दुर्घटना भएको उनले बताए । उनका अनुसार मोटरसाइकललाई बाटो दिन लाग्दा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई अस्पताल लगिएको छ । मृत्यु भएकामध्ये दुई जनाको अस्पतालमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

बङ्लादेशमा सडक दुर्घटनामा मृृत्यु हुनेको संख्या बर्सेनि धेरै रहेको छ । सडकको खराब अवस्था, पर्याप्त मर्मत नगरिएका सवारी साधन, ट्राफिक नियमको उल्लंघन, चालकको लापरवाही लगायतका कारणले दुर्घटना धेरै हुने गरेको जानकारहरु बताउँछन् ।