१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती महिलाको कलेजोमा बच्चा बढ्दै, चिकित्सकले भने– यो केस ‘अत्यन्तै दुर्लभ’



अ+ अ-

टोरन्टो । क्यानडामा एक गर्भवती महिलाको दुर्लभ घटना सार्वजनिक भएको छ। आमाको कलेजोमा बच्चा हुर्किरहेको अक्टोपिक गर्भावस्थाको यो ‘अत्यन्तै दुर्लभ’ केस भएको चिकित्सकले बताएका छन् । क्यानडाको मनिटोबास्थित चिल्ड्रेन हस्पिटल रिसर्च इन्स्टिच्युटका बालरोग विशेषज्ञ माइकल नार्भेले यो आश्चर्यजनक घटनाको खुलासा गरेका हुन् । अनलाइनमार्फत जानकारी दिँदै उनले भने, “३३ वर्षीया महिलाको १४ दिनको महिनावारी भएको र अन्तिम महिनावारी भएको ४९ दिनपछि यस्तो अवस्था आएको हो ।”

उनले भने, “कलेजोमा के पाउँछौँ– एक बच्चा। महिलाको कलेजोमा एक्टोपिक गर्भावस्था थियो। कहिलेकाहीँ यो पेटमा देखिन्छ तर कलेजोमा कहिल्यै देखा पर्दैन। यो मेरो लागि पहिलो पटक हो।” चिकित्सकले आफ्नो टिकटक एकाउन्टमा क्लिप पोस्ट गरेर उनको खोजको बारेमा जानकारी दिए। द सनको रिपोर्ट अनुसार सो भिडियो दुई दिनमा ३० लाखभन्दा बढीले हेरिसकेका छन् भने १७ हजारभन्दा बढीले कमेन्ट गरेका छन् ।

महिलाको ज्यान बचाउन सफल 

सर्जन महिलाको ज्यान बचाउन त सफल भए तर कलेजोमा बढेको भ्रूणलाई बचाउन सकेनन् । एक युजरले लेखेका छन्, “यो अभिभावकका लागि निकै दुःखद खबर हो । आशा छ आमा सञ्चै हुनुहुन्छ ।” अर्का युजरले लेखेका छन्, “म यो सम्भव छ भन्ने विश्वास गर्न सक्तिन, निषेचित अण्डा कलेजोका लागि कसरी राम्रो हुन सक्छ ?” नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनका अनुसार कलेजोमा अक्टोपिक गर्भावस्थाका केसहरु ‘अत्यन्तै दुर्लभ’ हुन्छन् ।