५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनामंगलमा टिपर आतंक, एकको मृत्यु, चार घाइते



अ+ अ-

काठमाडौं । काठमाडौँको सिनामङ्गलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । सिनामङ्गल कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा २ ख ४३१७ नम्बरको टिपरले बा ८५ प ५६९, बा ३८ प २३९३ र ना ४३ प ८७३५ नम्बरको तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बा ३८ प २३९३ नम्बरका चालक पासाङ भोटे रहेका छन् । बा ८५ प ५६९ नम्बरका चालक छाङवुङ भोटे, ना ४३ प ८७३५ नम्बरका चालक प्रमोद धिताल भने गम्भीर घाइते भएकाले काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । यस्तै घाइते सिसम वाग्ले र प्रवीन धितालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिमा आएको टिपरले तीनवटा मोटरसाइकललाई एकैपटक ठक्कर दिएको जानकारी दिनुभयो । चालकलाई भने नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।