१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सुवेदीको पाकेटमार पक्राउ



अ+ अ-

काठमाडौं– राजधानीको इन्द्रचोकबाट सांसद भावना सुवेदीको पाकेटमारी गर्ने कार्यमा संलग्न १९ वर्षीय निश्चल थिङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका थिङ सर्लाही बरथहवा घर भई हाल राजधानीको मैतीदेबि बस्ने रहेको प्रहरीले जनाएको छ ।

चितवन निवासी सांसद भावना काम विशेषले गत साउन २६ गते इन्द्रचोक जाँदा भिडभाडमा थिङले सुबेदीले साथमा बोकेको झोलाबाट नगद ७ हजार ३००, परिचय पत्र एटीएम कार्ड, लगायत अन्य महत्वपूर्ण कागजातहरु समेत चोरेर फरार भएका थिए ।

सांसद सुवेदीले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवा गौशालाबाट पक्राउ गरेको हो । थिङको बारेमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिएका छन् ।