१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माता गोविन्द शाही थप २ दिन हिरासतमै रहने



अ+ अ-

काठमाडौं । अपराधिक विश्वासघात सम्बन्धी कसूर गरेको अभियोगमा पक्राउ परेका निर्माता गोविन्द शाहीलाई थप २ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौंले अनुमति दिएको छ । यसअघि पनि उनलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

आइतबार भएको बहसपछि अनुसन्धानका लागि म्याद थपिएको डिएसपी कृष्ण चन्दले बताए ।
चलचित्र ‘लिलिबिली’का निर्माताद्धय मिलन चाम्स र सुदिप खड्काले चलचित्रबाट आएको शेयर लुकाएको भन्दै उजुरी दिएका थिए । करिब ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ लुकाएको उनलाई आरोप छ ।

निर्माता शाहीलाई बुधबार महानगरीय अपराध महाशाखा, टेकुले कमलपोखरीबाट पक्राउ गरेको थियो । उनलाई टेकुमा राखिएको छ । निर्माता शाही अहिलेका चर्चित वितरक भए पनि उनी विभिन्न समयमा विभिन्न विवादमा पर्दै आउने गरेका छन् ।