१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पहिलो पटक टेलिकन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक



अ+ अ-

काठमाडौं । उपचारको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा रहेको बेला प्रविधिको उपयोग गर्दै पहिलो पटक टेलिकन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकबारेको फोटो सार्वजनिक गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु पौडेलले लेखेका छन्, ‘सिंगापुरदेखि काठमाडौंः पहिलो पटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्दै ।’

बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले गरेका हुन् । नेपालका लागि यो नयाँ कदम र प्रविधिको प्रयोग भएको मन्त्रीहरुले बताएका छन् ।मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रधानमन्त्री बैठकमा प्रत्यक्ष उपस्थित नभएको अवस्थामा पनि भिडियो ‘कन्फरेन्स’लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय भएको थियो ।

नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था मिलाइएको हो । विगतमा यस किसिमको प्रविधिको प्रयोग ल्याईएको थिएन् ।

प्रधामन्त्री ओली बिहीबार सिंगापुर प्रस्थान गरेका थिए । लामो समययता मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सिंगापुर बसाई लम्बिने भएको छ । उनको अहिले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । (फोटोफिचर)