१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्माको नियुक्त



अ+ अ-

काठमाडौँ । कान्तिपुर दैनिकको प्रधान सम्पादकमा सुधीर शर्मा नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले सोमबार पब्लिकेसन्समा आयोजित एक समारोहबीच शर्मालाई प्रधान सम्पादक नियुक्त गरिएको घोषणा गरेका हुन् । सिरोहियाले सोमबार नै प्रधान सम्पादक नारायण वाग्लेले दिएको राजीनामा स्वीकृत गरिएको समेत जानकारी गराए।

‘उनले व्यक्तिगत कारणबाट यो पब्लिकेसन्ससँग अलग हुने निर्णय गरेका छन्,’ अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले भने, ‘उहाँको अनुभव, इमान्दारिता र व्यावसायिकताका लागि धन्यवाद दिन चाहन्छौं। नवनियुक्त प्रधान सम्पादक शर्माले विगतमा वाग्लेकै उत्तराधिकारीका रूपमा कान्तिपुर दैनिकको समाचार कक्षलाई आफूले नेतृत्व गरेको र फेरि पनि वाग्लेकै उत्तराधिकारीका रूपमा फर्केर आउन पाउँदा खुसी लागेको बताए।

समारोहमा बिदाई भएका प्रधान सम्पादक वाग्लेले अहिले मुलधारका सञ्चार माध्यमलेभन्दा भीडले जनमत बनाएर समाज अगाडि बढिरहेकोले त्यसलाई चिर्नु मिडियाका लागि चुनौती रहेको बताए। उनले शर्माको नेतृत्वमा कान्तिपुर र पत्रकारिता थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

शर्माले भने, मैले लामो समय यही हाउसमा पत्रकारिता गरेँ, छाडेर बाहिर रहेँ। यसबीच मैले सँगालेको अनुभवबाट सिकेर हामी अगाडि बढ्ने छौं,’ उनले भने,’अहिलेको हाम्रो प्रमुख चुनौती नारायणजीले भने जस्तै सामाजिक सञ्जाल र सडकमा भीडले बनाउने जनमत नै हो। समाजलाई सही दिशा दिएर जनमत निर्माण गर्ने कार्यमा हामी सबै मिलेर लाग्नुको विकल्प छैन ।’

शर्माले यसअघि १० वर्षसम्म कान्तिपुर दैनिकको नेतृत्वमा रहेर १३ महिना अघि राजीनामा गरेका थिए ।