१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक भिडियो कन्फरेन्स मार्फत गराउदा अध्यक्ष थापाको आपत्ती



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक भिडियो कन्फरेन्समार्फत भएकोमा प्रधानमन्त्री केपी शर्मा ओली सामेल भएको प्रति टिप्पणी गरेका छन् । भिडियो कन्फरेन्समार्फत आज मन्त्रिपरिषद् बैठक बसेको प्रति अध्यक्ष थापाले ट्वीटरमार्फत कडा टिप्प्णी गरेका हुन् ।

उपचारका लागि प्रधानमन्त्री ओली विदेशमा रहदा पनि यसरी बैठकमा सहभागी हुनु वा गराउनु अनाश्यक भएको उनले बताएका छन् । उनले यो कार्य वाहियात र देखावटी तामझाम भएको टिप्पणी समेत गरेका छन् ।

साथै अध्यक्ष थापाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई मेन्सन गर्दै थापाले ‘देशमा आपतकाल र तत्काल विति हाल्ने काम नभएको बेला यस्तो कार्यमा कार्य नगर्न सुझाव दिनु पर्ने हो ‘ भनि बताएका छन् ।