१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकलबाट खस्दा ८४ वर्षीय बृद्धको मृत्यु



अ+ अ-

बुटवल । गुल्मीको गुल्मीदरवार गाउँपालिकामा मोटरसाइकल पछाडि बसेर सवार ८४ वर्षीय बृद्ध द्रोणनाथ कँडेलको ज्यान गएको छ । सो गाउँपालिका वडा नम्बर ६ चारपालाका ८४ वर्षीय बृद्ध कँडेलको सोह्र गाउँको चिलाउने पोखरामा लु २७ प ७३९० नम्बरको मोटरसाइकलबाट खस्दा ज्यान गएको हो ।

घम्भीर घाईते उनको उपचारका क्रममा श्रृङ्गा प्राथामिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताएका हुन् । मोटरसाइकल चालक ३२ वर्षीय बिष्णु विकलाई नियन्त्रणमा लिईएको छ ।

घटनाबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।