१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ओरालो



अ+ अ-

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । साताको आज दोस्रो दिन नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०७ बिन्दुले घटेर २६२.३७ मा पुगेको छ । नेप्से घटेपनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर रु ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोबार भयो ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहको शेयर नै आज ओरालो लागेको छ । बैंकिङ ४.८५, होटल १४.३३, विकास बैंक ४.०८, जलविद्युत् ८.८८, वित्त २.४७, निर्जीवन बीमा २८.३६, उत्पादन २२.५२, अन्य ४.४८, लघुवित्त ०.८१, जीवन बीमा ६८.०३ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले घटेको छ । सोमबार प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ ।

सो बैंकको रु १० करोड २१ लाख ६१ हजार ७८४ बराबरको कारोवार भयो । यस्तै नविल बैंक रु एक करोड ७९ लाख २९ हजार ३०, नेपाल बैंक रु एक करोड ६७ लाख ११ हजार ६५४, एनआइसिएशिया बैंक रु एक करोड ३८ लाख ८२ हजार ३९७, नेपाल लाइफ इन्स्योरेन्स रु ९२ लाख ८६ हजार र रसुवागढी जलविद्युत् कम्पनी रु ८५ लाख ४६ हजार ७९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज साल्ट टे«डिङ कम्पनीका शेयरधनीले ४.८७ प्रतिशतले कमाएका छन् । यस्तै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ४.६७, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.८०, कर्णाली डेभलपमेन्ट बैंक ३.७७, र सबैको लघुवित्त वित्तीय संस्था ३.७५ प्रतिशतले कमाए ।

यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी ६.३३, आँखु खोला जलविद्युत् कम्पनी ५.९७, एनआइबिएल प्रगति फण्ड ५.४५, सिर्जना फाइनान्स ४.४१, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ४.३० र रसुवागढी हाइड्रोपावर कम्पनीका शेयरधनीले ४.१० प्रतिशतले गुमाए ।