५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

स्थानीय तहमै बिजुली उत्पादन तयारी

स्थानीय तहमै बिजुली उत्पादन तयारी
अ+ अ-

डेलधुरा । विद्युत् उत्पादनको सम्भावना रहेका नदी र खोला आफूसँग पनि रहेको भन्दै भागेश्वर गाउँपालिकाले प्रदेशशभाको क्षेत्र १ लाई अँध्यारोमुक्त बनाउने तयारी गरेको छ । त्यसका लागि उसले विभिन्न योजनामार्फ विद्युत उत्पादनको योजना पनि अघि सारेको छ ।

‘अबका ३ वर्षमा गाउँपालिका भित्र बग्ने नदी र खोलामा विद्युत् उत्पादन गर्ने तयारी गरिरहेका छौं,’ गाउँपालिका प्रमुख कौशिला भट्टले भनिन्, ‘तत्काल विद्युत लाइन पुर्‍याउन नसकिने ठाउँमा सोलार र वैकल्पिक ऊर्जा प्रयोग गरि अध्यारो मुक्त बनाउने योजनामा काम भइरहेको छ ।’ राष्ट्रिय प्रशारण लाइनमार्फत गाउँगाउँमा विद्युतिकरण गर्ने योजना रहेको उनले बताइन् ।

गाउँपालिका प्रमुख भट्ट भन्छिन्, ‘हाम्रो बजेटले मात्र सम्भव नभएका कारण थोरै लगानीमा धेरै ठाउँमा विद्युत उत्पादन हुनसक्ने प्रचुर सम्भावना भएकाले लगानीकर्ताको खोजीसमेत सुरु गरिएको छ ।’ यस विषयमा गाउँपालिकाले विभिन्न निकायसँग सहकार्य र समन्वयसमेत गरिरहेको उनले बताइन् ।

हुन पनि सदरमुकामपछि जिल्लामा पहिलोपटक आफ्नै गाउँमा उत्पादन गरी बिजुली बलेको भागेश्वर गाउँपालिकामै हो । साबिक रुपालको रुद्रावती रुपालीगाडबाट साना जलविद्युत् आयोजना निर्माणगरि पहिलोपटक जिल्लामा विद्युत् उत्पादन सुरु भएको हो । तर ४ वर्षयता रुपालका बासिन्दा विद्युत् उपभोग गर्नबाट वञ्चित छन् । कुनै समय आफ्नै गाउँमा निर्माण भएको साना जलविद्युत् आयोजनावाट विद्युत उपभोग गरिरेहका स्थानीय राष्ट्रिय प्रशारण जोडिएपछि उपभोग गर्न स्थानीय वञ्चित थिए ।

विद्युतको राष्ट्रिय प्रशारण लाइन जोडिएपछि साना जलविद्युत पनि बन्द भएको थियो । राष्ट्रिय प्रशारण लाइन बिग्रेको बिग्रियै हुन थालेपछि सर्वसाधारणले वषौंदेखि उपभोग गर्दै आएको सेवाबाट पनि वञ्चित हुनुपरेको हो । महाकाली किनाराका जाख, बलडा, तोली, पत्रम, चुँडी, सायल, बलकाँडेलगायत दुर्गम गाउँमा सातामा मुस्किलले २ दिन बिजुली आउँछ । सदरमुकामदेखि अजयमेरु गाउँपालिका हुँदै भागेश्वर गाउँपालिकाको बगरकोट भएर झन्डै डेढ सय किमि लामो विद्युत लाइन रुपाल पुग्दासम्म ठाउँठाउँमा समस्या उत्पन्न भएर विद्युत उपभोग गर्नबाट वञ्चित हुनुपरेको हो ।

रुपालका बासिन्दा मात्र होइन कुनै समय आफ्नै गाउँमा उत्पादन भएको विद्युत् उपभोग गरिरहेका साविक बगरकोटको लेक क्षेत्रका बासिन्दाको अवस्था पनि उस्तै छ । राष्ट्रिय प्रशारण लाइन विस्तार भएसँगै गाउँमा उत्पादन हुने लघु जलविद्युत बन्द भएपछि यस क्षेत्रका बासिन्दाले पनि निकै सास्ती भोग्नुपरेको छ । विज्ञहरूका अनुसार भागेश्वर गाउँपालिकाकामा बग्ने आधा दर्जन बढी नदी र खोलामा थोरै लगानीमा धेरै विद्युत् उत्पादन गर्न सक्ने प्रचुर सम्भावना नभएका होइनन् ।

यसबारे पटकपटक अनुसन्धान र अध्ययन पनि भए । भागेश्वर गाउँपालिकाभित्र बग्ने सतमूला तथा गणिका नदी, चुल्लगाड, सिराडी गाड, रुपालीगाडसहितका आधा दर्जन खोला र नदीमा विद्युत उत्पादनका लागि पटकपटक धेरै सम्भाव्यता अध्ययन भए । कुनै समय विद्युत् उत्पादन गर्ने भन्दै सबै नदी र खोला व्यक्तिका नाममा दर्ता पनि भए तर अहिलेसम्म विद्युत उत्पादन त परै जाओस अध्ययनपछि कसैलै फर्केर पनि हेरेन । गाउँपालिकाका अधिकांश दुर्गम क्षेत्रका बासिन्दा अहिले पनि टुकी र सल्लाको दियालोले उज्यालो बनाउन बाध्य छन् ।

‘विगतमा सम्भाव्यता अध्ययन भएका ठाउँमा मात्र नभइ थप सम्भाब्यता अध्ययन गरी साना तथा लघु जलविद्युत योजना निर्माण गर्ने तयारीमा गाउँपालिका रहेको छ’ गाउँपालिका प्रमुख भट्टले भनिन् ‘विगतमा अध्ययन भएका गणिका र सतमूला नदीको संगम, सतमूला नदीको खुल्लाखेत क्षेत्र, गणिका नदीको दोगाड क्षेत्र, रुपालीगाडबाट पहिले विद्युत उत्पादन भइरहेको क्षेत्र र साविक बगरकोटको चुल्ल गाडलगायतका विद्युत उत्पादन हुनसक्ने सम्भावना भएका क्षेत्रमा पुन अध्ययन सुरु गरिने छ ।’ यस अघि भएका अध्ययनले पनि यस क्षेत्रमा सस्तो मूल्यमा विद्युत उत्पादन हुन सक्ने सम्भावना देखाएको छ ।

‘भागेश्वर गाउँपालिकामा बग्ने नदी र खोलामा उत्पादन हुनसक्ने विद्युतले पुरै क्षेत्रलाई सस्तोमा अँध्यारोमुक्त क्षेत्र बनाउन सकिने धेरै सम्भावना छन्’ जल विद्युतका क्षेत्रमा २ दशकदेखि कार्यरत एकजना इन्जिनियर रामएकवाल सिंहले भने ‘गाउँपालिकामा बग्ने ३ वटा प्रमुख नदीका ४ ठाउँबाट एकएक मेगावाट विद्युत उत्पादन सहज उत्पादन हुन सक्छ ।’

साना जलाशय निर्माण गरेर थप ३ ठाउँबाट १।५० डेढ मेगावाट विद्युत् उत्पादन हुन सक्ने सम्भावना रहेको पनि उनले जानकारी दिए । सिंहले भने, ‘१२ करोडदेखि १८करोडसम्मको लागतमा यी नदीहरूमा विद्युत् उत्पादन हुनसक्ने सम्भावना छ ।’ यसमा थपअध्ययन र अनुसन्धान गर्न बाकी रहेको उनले बताए ।

जलविद्युत् क्षेत्रका वरिष्ठ इन्जिनियर मणि दहाल पनि भौगोलिक अवस्था, नदीको वहाव र हिउँदमा हुने पानी हेरेर यस क्षेत्रमा विद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको बताउँछन् । बरिष्ट इन्जिनियर दहालले भने ‘स्थानीय तहले जनतासँग मिलेर पब्लिक साझेदारीमा यस्ता लघु जलविद्युत आयोजनाहरू सुरु गर्नसके पुरै जिल्लालाई आवश्यक पर्ने विद्युत उत्पादन हुनसक्ने सम्भावना देखिएको छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।