१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छतबाट लडेर वीरगञ्जमा एक कामदारको मृत्यु



अ+ अ-

वीरगञ्ज । छतबाट लडेर वीरगञ्जमा एक भारतीय कामदारको मृत्यु भएको छ । भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलमको काम गर्ने क्रममा छतबाट लडेर ज्यान गएको हो ।

घाइते उनलाई उपचारका लागि गण्डक अस्पताल वीरगञ्ज लगिएकोमा त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, दुर्गा पल्पस फ्याक्ट्रिमा डकर्मीको काम गर्ने क्रममा आलम सोमबार अपराह्न २ तले भवनबाट लडेका थिए ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाएको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।