१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नासाको खुलासा: अमेजन जङ्गलमाभन्दा बढी आगलागी अंगोला र कंगोमा



अ+ अ-

बीबीसी । अमेजनको डढेलोले अहिले विश्वभरीका मानिसको ध्यान तानेको छ । यस डढेलोलाई विश्वको अन्य भागमा भइरहेको आगलागीसँग तुलना गरेर हेर्दा अनौठो तथ्य बाहिरिएको छ ।नासाले विश्वभरी हुने आगलागीलाई नक्सामा देखाएर तस्विर प्रकाशित गर्ने गर्छ ।

आइतबार नासाले प्रकाशित गरेको विश्व डढेलो नक्सामा सबैभन्दा वृहद डढेलो केन्द्रीय अफ्रिकामा लागिरहेको देखाएको छ । अघिल्लो हप्ताका दुई दिनको अवधिमा अंगोलामा सम्पूर्ण ब्राजिलमा भन्दा तीन गुणा बढी डढेला लागेको देखिएको थियो ।

वेदर सोर्सबाट प्राप्त भएको तथ्याङ्कले अंगोलाका ६,९०२ स्थानमा आगलागी भएको देखाएको छ भने छिमेकी लोकतान्त्रिक गणतन्त्र कंगोमा ३,३९५ डढेलो देखाएको थियो । उता ब्राजिलमा भने २,१२७ आगलागी देखिएको छ ।

यो तथ्याङ्क बाहिरिएपछि ट्वीटरमा बहस नै सुरु भएको छ । मानिसहरु अफ्रिकामा भइरहेको आगलागीप्रति विश्वको ध्यान नगएकोमा चिन्तित देखिएका छन् ।।