१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसन एण्ड जनसनलाई ५७ करोड ७२ लाख डलरको जरिवाना



अ+ अ-

काठमाडौं । औषधी निर्माता कम्पनी जनसन एण्ड जनसनलाई अमेरिकी अदालतले ५७ करोड ७२ लाख डलरको जरिवाना सुनाएको छ । जनसनले ओपियोडको लत लाग्ने संकट निम्त्याउन दोषी रहेको भन्दै अदालतले जरिवाना गराएको हो ।

जनसन एण्ड जनसनले दुखाइ रोक्ने औषधीको गलत प्रचार गरेर सर्वसाधारणलाई ओपियोडको कुलतमा फसाउन सहयोग गरेको आरोप लागेको हो । तर कम्पनीले आफूहरुमाथि लगाइएको आरोप झुटो रहेको भन्दै त्यसविरुद्ध पुनरावेदन दिने जनाएको छ ।

अमेरिकाको रोग नियन्त्रण निकायको तथ्यांक अनुसार सन् १९९९ देखि २०१७ सम्म ओपियोडको अत्यधिक मात्राको प्रयोगका कारण चार लाख मानिसको मृत्यु भएको थियो ।
जनसन एण्ड जनसनले तिर्ने रकम ओपियोडको कुलतमा परेकाहरूको उपचार र हेरचाहमा प्रयोग गरिने अदालतले जनाएको छ ।