२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस वल्र्ड–२०२१ प्रतियोगिता स्थगित



अ+ अ-

पुर्टोरिको । कोरोनाका केसहरू बाहिरिएसँगै मिस वल्र्ड २०२१ प्रतियोगिता तत्कालका लागि स्थगित गरिएको छ । कोरोना भाइरस महामारीको असर मिस वर्ल्ड २०२१ प्याजेन्ट प्रतियोगितामा पनि परेको छ । समाचाार अनुसार प्रतियोगितामा भाग लिएका १७ प्रतियोगीलाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित प्रतियोगीमध्ये भारतकी मनसा वाराणसी पनि छन् ।

मिस वल्र्ड सौन्दर्य प्रतियोगिता को आधिकारिक सामाजिक मिडिया पेजबाट यसबारे जानकारी दिइएको छ। सबैको सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रम अस्थायीरुपमा स्थगित गरिएको जनाइएको छ ।

आज बिहान ४ः४५ बजे मिस वल्र्डको ग्राण्ड फिनाले हुन लागेको थियो । स्वास्थ्य र सुरक्षाको चिन्तालाई ध्यानमा राख्दै अस्थायीरुपमा कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता ९० दिनभित्र पुनः पुर्टोरिकोमा आयोजना गरिने नयाँ तालिका बनाइएको छ । 

मिस वर्ल्ड २०२१ कार्यक्रममा उपस्थित चिकित्सा विज्ञ र पुटोरिकोको स्वास्थ्य विभागको बैठकपछि मात्रै प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको हो । यसबाहेक थप सुरक्षा व्यवस्था मिलाइएको छ र सबै सङ्क्रमित प्रतियोगीलाई निगरानीमा राखिएको बताइएको छ ।