पुर्टोरिको । कोरोनाका केसहरू बाहिरिएसँगै मिस वल्र्ड २०२१ प्रतियोगिता तत्कालका लागि स्थगित गरिएको छ । कोरोना भाइरस महामारीको असर मिस वर्ल्ड २०२१ प्याजेन्ट प्रतियोगितामा पनि परेको छ । समाचाार अनुसार प्रतियोगितामा भाग लिएका १७ प्रतियोगीलाई कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित प्रतियोगीमध्ये भारतकी मनसा वाराणसी पनि छन् ।
मिस वल्र्ड सौन्दर्य प्रतियोगिता को आधिकारिक सामाजिक मिडिया पेजबाट यसबारे जानकारी दिइएको छ। सबैको सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रम अस्थायीरुपमा स्थगित गरिएको जनाइएको छ ।
आज बिहान ४ः४५ बजे मिस वल्र्डको ग्राण्ड फिनाले हुन लागेको थियो । स्वास्थ्य र सुरक्षाको चिन्तालाई ध्यानमा राख्दै अस्थायीरुपमा कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता ९० दिनभित्र पुनः पुर्टोरिकोमा आयोजना गरिने नयाँ तालिका बनाइएको छ ।
मिस वर्ल्ड २०२१ कार्यक्रममा उपस्थित चिकित्सा विज्ञ र पुटोरिकोको स्वास्थ्य विभागको बैठकपछि मात्रै प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको हो । यसबाहेक थप सुरक्षा व्यवस्था मिलाइएको छ र सबै सङ्क्रमित प्रतियोगीलाई निगरानीमा राखिएको बताइएको छ ।