१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई नछल्नुस्: अर्थमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले इमान्दार भएर उद्योग व्यापार चलाउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । घाटाको व्यापार सरकारले पनि नगर्ने भन्दै उनले छलीको प्रयास नगर्न पनि चेतावनी दिएका छन् ।

नाडा अटो शो–२०१९ को उद्घाटन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा.खतिवडाले भने, ‘तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेश हुन चाहन्छ, तपाईंहरु पनि इमान्दारीपूवर्क पेश भइदिनुस् । अनि हामी टेबलमा बसेर कुरा गर्न सक्छौं ।’

सरकारले विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा भन्सार र अन्तशुल्क छुट दिएको तर कतिपयले ब्याट्रीबाट स्टार्टमात्र हुने गाडीहरु आयात गर्न खोजेको गुनासो गरे । त्यस्ता गाडीमा सरकारले भन्सार छुट नदिने भन्दै उनले आयात नगर्न व्यवसायीलाई अनुरोध पनि गरे ।