१२ आश्विन २०८१, शनिबार
,
Latest
डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा भएको आक्रमणमा १५ जनाको मृत्यु



अ+ अ-

न्यूयोर्क । गृहयुद्धमा फसेको सिरियाको उत्तर पश्चिममा गत सप्ताहान्तमा भएका हिंसात्ममक घटनामा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको छ । राष्ट्रसंघका प्रवक्ता स्टेफान डुराजिकले इड्लिब, उत्तरी हामा र पश्चिमी अलेप्पो समेतका सिरियाका उत्तर पश्चिम क्षेत्रमा जारी हिंसाका कारण सर्वसाधारणको मृत्यु हुनेक्रम नरोएिको बताए ।

राष्ट्रसंघीय मानवीय सहायता संयोजन कार्यालयका अनुसार चार जना बालबालिका समेत १५ जनाको मृत्यु भएको जनाएको छ । डुराजिकले इड्लिबमा मात्र विस्थापित व्यक्तिहरुले १०० भन्दा बढी स्कुलहरुमा शरण लिइरहेको बताए । विस्थापित मानिसका निम्ति बनाइएका अस्थायी शिविरमा पहिल्यैदेखि मानिसको भिडभाड छ, र हजारौं मानिस बस्ने ठाउँ नपाएर खुला आकाशमा बस्न बाध्य छन् – डुराजिकले बताए।

प्रवक्ता डुराजिकले चार महिना अघिदेखि भड्किएको पछिल्लो हिंसाका कारण झण्डै पाँच लाख ७५ हजार मानिस विस्थापित भएको जानकारी दिए । धेरै मानिस पाँच पटकसम्म घरबाट विस्थापित हुनु परेको छ । धेरै बालबालिका शिक्षाको अवसरबाट बन्चित भएका छन् । डुराजिकले द्वन्द्वरत सबै पक्षलाई परिस्थिति सामान्य बनाउन आग्रह गरे ।

पछिल्लो समय सिरियाली फौजले रुसी सहयोगमा इड्लिब र हामा समेतका क्षेत्रमा आक्रमण तिब्र बनाएको छ । सिरियाको छिमेकी टर्की र इजरायलले पनि सिरियाका विभिन्न ठेगानमा बमबारी गरेका छन् ।