१२ आश्विन २०८१, शनिबार
,
Latest
सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेदोर नामको रोबोट अन्तरिक्ष केन्द्रमा



अ+ अ-

मस्को । रुसले पहिलो मानवाकृत ९ह्युमनोइड० रोबोट सफलतापूर्वक अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा मङ्गलबार स्थापना गरेको छ । गत साता रुसको यो अभियान असफल भएको थियो । फेदोर नाम दिइएको मान्छेकै शरीर जत्रो रोबोटले मानिस झैं यताउता हिँड्ने र वरपरबाट सामान ल्याउने राख्ने कार्य गर्दछ ।

यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ । साका एक जना टिप्पणीकर्ताले भन्नुभयो, “सम्पर्क स्थापित भएको छ, रोबोट अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।” रुसी अन्तरिक्ष केन्द्र रोसकोसमोसले पनि मानवविहीन सोयुज एमएस–१४ यानको सहयोगमा उक्त रोबोट अन्तरिक्षमा पुर्याइएको जनाएको छ ।

अमेरिकी नासा टिभीले यस अन्तरिक्ष अभियानको प्रत्यक्ष प्रशारण गरेको थियो । टिभीका टिप्पणीकर्ताले अन्तरिक्ष केन्द्रमा अब सात जना पुगेको बताएको छ । यसअघि नै छ जना वैज्ञानिक अन्तरिक्ष केन्द्रमा छन् । उक्त यान गत बिहीबार दक्षिणी कजाकस्तानबाट प्रक्षेपण गरिएको थियो । उक्त रोबोट आगामी सेप्टेम्बर ७ सम्म अन्तरिक्ष केन्द्रमा राखिनेछ ।

सोयुज यानबाट खासगरी मानिसलाई मात्र अन्तरिक्षमा पुर्याउने गरिन्छ, तर यस पटक रोबोट पठाइएको छ । यो यानमा ६७० किलोग्राम सुख्खा सामान पठाइएको छ जसमा औषधि उपकरण, खाना, औषधि र व्यक्तिगत सरसफाइका सामान रहेका छन् ।

अन्तरिक्षमा पठाइएको फेदोर पहिलो रोबोट भने होइन । सन् २०११ मा नासाले जेनेरल मोटर्सको सहयोगमा बनाइएको रोबोनट २ नामको रोबोट पठाएको थियो । यो रोबोटलाई पनि उच्च जोखिमयुक्त ठाउँमा काम गर्न प्रयोग गरिएको थियो ।

तर प्राविधिक समस्या देखिएपछि यो रोबोटलाई सन् २०१८ मा पृथ्वीमै फर्काइएको थियो ।सन् २०१३ मा जापानले पनि आफ्ना अन्तरिक्ष यात्रीसँगै किरोबो नामको सानो रोबोट पठाएको थियो । टोयोटाले बनाएको यो रोबोटले संवादहरु संग्रहित गर्न सक्थ्यो तर यसले जापानी भाषा मात्र संग्रह गर्दथ्यो ।

सन् १९९८ देखि पृथ्वीको कक्षमा राखिएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रले प्रतिघण्टा २८ हजार किलोमिटरको गतिमा पृथ्वीको वरिपरि घुम्ने गर्दछ ।