१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य संस्थान भन्छः ‘धान किन्छौँ तर स्तरीय मात्रै’



अ+ अ-

महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ ।

कैलाली÷कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान क्षति भएको थियो । यहाँ छ हजार क्विन्टल धान खरिदको कोटा पाएको कम्पनीले मापदण्डका आधारमा एक सातादेखि धान खरिद गरिरहेको सो कार्यालयका प्रमुख प्रचण्ड उपाध्यायले जानकारी दिनुभयो ।

“हामीले मापदण्डमा रहेर राम्रो धान खरिद गर्ने हो”, उहाँले भन्नुभयो, “किसान राम्रोदेखि भिजेको धानसमेत ल्याउँदा छान्नु परेको छ ।” उहाँले प्रतिक्विन्टल रु दुई हजार ७५२ धान खरिद गरिरहेको जानकारी दिनुभयो । यता किसानले धान बिक्रीमा समस्या भइरहेको गुनासो गर्नुभयो । यहाँको भीमदत्त नगरपालिका–१३ का रामबहादुर जोशीले धान बिक्री गर्दा समस्या हुनुका साथै लागत अनुरुपको मूल्यसमेत नपाइरहेको बताउनुभयो ।

कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख डा डिलबहादुर विष्टले यसपटक एक लाख ९३ हजार ९८४ मेट्रिकटन धान यहाँ उत्पादन भएको जानकारी दिनुभयो । “उत्पादन भएकामध्ये ६९ हजार २७३ मेट्रिकटन क्षति भयो”, उहाँले भन्नुभयो, “कूल ४८ हजार ४९३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामध्ये करिब ३५ प्रतिशत क्षति हुन पुग्यो ।” धानखेती समेट्ने बेला आएको वर्षात्ले खेतमै धान कुहिनुका साथै बाढीलेसमेत बगाएर लगेको थियो । रासस