१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबरजस्ती करणी र यौनशोषण गर्ने युवक पक्राउ



अ+ अ-

काठमाडौँ । घरायसी आर्थिक अवस्था कमजोरी भएकी १५ वर्षीया बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी र यौनशोषण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थायी घर भइ काठमाडौँ महानगरपालिका बस्दै आएका २८ वर्षीय सुमन खड्का छन् ।

खड्काले बालिकालाई विवाह गर्छु भनेर ललाई फकाई आर्थिक प्रलोभनमा पारेर २०६९ साल जेठ ६ गते आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेका थिए । त्यसपछि पनि उनले काठमाडौँमा विभिन्न स्थानमा बालिकामाथि पटक–पटक यौनशोषण गर्दै आइरहेका थिए ।

मोहन परियारले दिएको जाहेरीको आधारमा उच्च अदालत पाटकले २०७१ साल कार्तिक १० गते खड्कालाई ४ वर्ष ५ महिना एक दिन कैदको सजाय सुनाएको थियो । तर, उनी त्यसयता फरार रहँदै आएका थिए । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको प्रहरीले व्युरोले जानकारी दिएको छ ।