१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘छुटेका अनुहार’ लाई पद्मश्री साहित्य पुरस्कार



अ+ अ-

काठमाडौं । २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारले पाएको छ । खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानले प्रदान गर्ने उक्त पुरस्कारको घोषणा मंगलबार गरिएको हो । छुटेका अनुहारमा लेखक सायनले आफैंले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सुक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा प्रस्तुत गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर पद्मश्री साहित्य पुरस्कार छुटेका अनुहारले र पद्मश्री साधना सम्मान इतिहासविद तथा संस्कृतज्ञ डा.महेशराज पन्तलाई दिने निर्णय भएको जानकारी गराएका हुन् । पुरस्कारको राशी जनही २ लाख रुपैयाँको रहेको छ ।

त्यस्तै डा. पन्तले पाँच दशकदेखि नेपाली इतिहास र स‌ंस्कृतिलाई लिपिवद्ध एवं जगेर्ना गर्दै आएकाले उक्त सम्मान प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ । दुबै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जनाएका छन् ।