१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसमा भारतिय प्रधानमन्त्री मोदि नेपाल नआउने



अ+ अ-

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल भ्रमण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारतीय समकक्षीलाई निमन्त्रणा दिएका छन् । तर, त्यसमा पनि प्रधानमन्त्री मोदी नआउने लगभग पक्का भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई संविधान दिवसमा आउन निमन्त्रणा दिएका थिए ।

नेपालले असोज ३ मा संविधान दिवस मनाउदा दिन मोदी अमेरिकामा हुनेछन् ।
तर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले यसको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए ।

त्यस्तै, नेपालस्थित भारतीय दूतावासका प्रवक्ता अभिषेक द्वीवेदीले यो विषयमा कुनै प्रतिकृया नै दिन मानेनन् । असोज २ गते दिल्लीबाट अमेरिका प्रस्थान गर्ने मोदी असोज ३ गते अमेरिका पुग्नेछ । असोज ४ गते वासिङ्टन डिसी, ५ गते हस्टन, ६ गते न्युयोर्क र ७ गते सिकागो जानेछन् ।

उता, पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रमको तयारी पनि भइरहेको छ । उद्योग मन्त्रालय स्रोतका अनुसार भदौ २४ गते दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत पाइपलाइनको उद्घाटन गर्ने तयारी गरिरहेको बताईएको छ ।