१२ आश्विन २०८१, शनिबार
,
Latest
सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिलाई पहिलो प्राथमिक्ता दिनुपर्छः मुख्यमन्त्री भट्ट



अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कृषिलाई पहिलो प्राथमिक्ता दिएर काम गर्नुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका कृषि ज्ञान केन्द्र तथा कृषि सम्पर्क कार्यालयका प्रमुखका लागि दिपायलमा आयोजित एकदिने गोष्ठीमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम कृषि क्षेत्रका लागि निकै उपयोगी ठाउँ भएकाले यहाँको विकासका लागि कृषिमा बढी लगानी गर्नुपर्ने बताए ।

उनले भने, “कृषि क्षेत्रमा मात्रै काम गर्न सके सुदूरपश्चिमको विकासमा कायापलट हुनेछ ।” त्यस्तै मुख्यमन्त्री भट्टले कृषि कार्यालयले कृषि क्षेत्रमा काम गर्ने किसानलाई सहयोग पुग्ने हेतुले कृषि काममा बढी लगानी गर्नुपर्ने धारणा राखेका थिए ।

गोष्ठीमा सहभागी अधिकांश कृषि प्रमुखले बजेट अभावका कारण कृषि क्षेत्रमा सोचेअनुसार लगानी गर्न नसकिएको धारणा राखेका थिए ।