२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले मोडमा बस दुर्घटना, ३ को मृत्यु, २५ घाइते



अ+ अ-
फायल फोटो

जाजरकोट । सुखेतको हर्रेस्थित एमाले मोडमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् ।

मंगलबार साँझ ५ बजे पश्चिम रुकुमको आठबिसकोटबाट नेपालगंज जादै गरेको ना ४ ख ९३१७ नम्बरको बस बिहान ४ बजेतिर गाडीको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ। दुर्घटनास्थलबाट अहिलेसम्म ३ जनाको शव भेटीदापनि शवको सनाखत भने भइसकेको छैन ।

प्रहरीका अनुसार घाइते २५ जनालाई कोहलपुर मेडिकल कलेजमा पठाएको छ भने घाइतेको उद्धारको लागि टोली परिचालन गरिएको छ । दुर्घटनामा चालक, ४ बालबलिका, ८ महिला, १३ पुरुषसहित २५ जना घाइते भएको ट्राफिक प्रहरीको भनाइ छ ।