६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैर आवासिय संघ नेदरल्याण्डको अध्यक्षमा श्रीराम कंडेल



अ+ अ-

गैर आवासिय संघ नेदरल्याण्डको स्थापनाकाल देखी नै संस्थागत विकास र बृद्दिको अभियानमा उल्लेखनिय भुमिका निर्वाह गर्दै पुर्व महासचिव र आई.सि.सि. सदस्यको अनुभव समेत बोकेका श्रीराम कंडेलले यहि ६ सेप्टेम्बर २०१९ मा गैर एनआरएनए नेदल्र्याण्डको अधिवेशनको लागि अध्यक्ष पदमा उमेदवारी घोषणा गरेका छन् ।

नेदरल्याण्डमा बसोबास गर्ने समस्त नेपालीहरुको हकहित, आपसी सदभाव र भाईचाराको सम्बन्ध अभिबृद्यि गर्दै आफुले चआर्जन गरेको ज्ञ्यान, सिप र स्रातलाई नेपालको समृद्यिमा ईटा थप गर्ने गैर आवासिय नेपाली संघको मुलमन्त्र रहेको हुँदा गैर आवासिय नेपाली संघ नेदरल्याण्डको आगामी कार्यसमिती पनि समावेसी ढंगले चयन गर्नुपर्छ भन्ने उनको भनाई रहेका छ ।

नेदरल्याण्डमा अवस्थित प्रमुख नेपाली संघ–संस्थाहरुको प्रतितिधित्व गर्दै गैर आवासिय नेपाली संघ नेदरल्याण्डको आगामी नेतृत्व समाजकै लागि उदाहरणिय बनाउन आफु निरन्तर लागी पर्ने पनि बताएका छन् । साथै सामाजिक र परोपकारी क्षेत्रमा पनि नमुनाजनक परियोजनाहरु ल्याउन सबै संघ–संस्था, नेपाली राजदुतावास र नेदरल्याण्ड सरकारसंग पनि सहकार्य गर्ने प्रतिबध्ता पनि उनले गरे ।

नेपाली व्यवसायिक संघ नेदरल्याण्डका वर्तमान अध्यक्ष श्रीराम कंडेल विगतको १५ वर्ष देखि नेदरल्याण्डमा बसोवास गर्दै आएका एक सफल व्यवसायी पनि हुन् । साथै उनी सच्चा र ईमान्दारी व्यक्तित्वको रुपमा पनि चिचिन्छन् । उनको नेतृत्वमा गैर आवासिय नेपाली संघले समाजका सबै तह र तप्काहरुलाई समेटेर संस्थाको लक्ष्य हाँसिल गर्ने गर्नेछ भन्ने विश्वास स्वरुप उनलाई नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली एकता मंचले पनि पुर्ण समर्थन रहेको जनाएको छ ।

उनको उमेदवारीलाई नेदरल्याण्डमा बसेका सम्पुर्णले समर्थन गरिदिन र अधिवेशनमा उपस्थिति जनाउनका लागि पनि उनले आग्रह गरे ।