६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा भारी वर्षा: दुई जनाको मृत्यु, ६ लाख ७० हजार सुरक्षित स्थानतर्फ



अ+ अ-

टोकियो । दक्षिणपश्चिम जापानमा भारी वर्षापछि दुई व्यक्तिको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । सो भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

जापानको क्युशु प्रान्तको उत्तरीे भागमा पर्ने माथिल्लो स्थानमा सरकारले उच्च सर्तकताको चेतावनी दिनुको साथै सो क्षेत्रहरुबाट करिब दश लाख मानिसहरूलाई सो स्थान छोड्न सल्लाह दिइएको छ । सरकारी अधिकारीहरूले दुई व्यक्तिको मृत्युको पुष्टि गरेका छन् । पश्चिमी सागा प्रान्तमा कारसहित बगाइएको एक व्यक्ति शव फेला परेको थियो । फुकुओका प्रान्तमा एक कारबाट भाग्न खोज्दा भीषण बाढीमा फसेर अर्को एक व्यक्तिको मृत्यु भएको थियो ।

यद्यपी सरकारका प्रवक्ता योशिहिडे सुगाका अनुसार तेस्रो व्यक्तिको पनि भीषण वर्षाबाट हृदयघातको कारण मृत्यु भएको छ । चिकित्सकद्वारा यस मृत्युको पुष्टि भए तापनि सरकारले पुष्टि गरेको छैन् । बाढी, पहिरो र घरहरु डुबानमा परेको बाढीको कारण विभिन्न क्षेत्रहरु क्षति विवरण प्राप्त भएको भयता पनि अझै बढी क्षतिको सम्भावना रहेको बताईएको छ ।

स्थानीय अधिकारीहरु त्यहाँका बासिन्दाहरूको अवस्थालाई ध्यान राखेर सो स्थान छोड्न सल्लाह दिएका छन् सरकारीको चेतावनीपछि आफ्नु घरवास छोड्नेहरुको लागि सरकारी आश्रयहरु उपलब्ध रहेको पनि सुगाले बताएका छन् ।

अग्नी नियन्त्रण र प्रकोप व्यवस्थापन विभागका अनुसार यसअघि नै सागा र नागासाकी क्षेत्रहरुमा बाढीबाट घरहरु बगाएको विवरण प्राप्त भइसकेको थियो ।