२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरु देशका लागि चुनौती: मुख्यमन्त्री शाही



अ+ अ-

भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौतीका रुपमा देखापरेको बताएका छन् । रफत सञ्चार क्लबले आज याहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हाल असहज अवस्था सिर्जना गरी देशको बिकास र समृद्धि रोक्दै राष्ट्रियतामाथि चुनौती खडा गर्न लागिपरेका तत्वको सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि सङ्घीय कानून नबन्दा सङ्घीयता कार्यान्वयनमा जटिलता देखिएको चर्चा गर्दै उनले भने, “सङ्घीयतामा नेपाल प्रवेश गरेको डेढ वर्षसम्म पनि सङ्घीय कानूनले पूर्णता पाउन सकेको छैन, यसले संवैधानिक प्रश्न उब्जिँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको छ ।”

राज्यका तीन सरकार बीच सहमति, सहकार्य र सहअस्तित्वका आधारमा समन्वय हुनुपर्ने भए पनि एकले अर्कोलाई मौका मिल्नासाथ धकेलिहाल्ने प्रवृतिकै कारण सङ्घीयताको कार्यान्वयनमा जटिलता देखिएको उनको भनार्इ थियो ।