६ असार २०८३, शनिबार
,
Latest
पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीद्वारा ‘बायोफ्लक’ प्रविधिको अवलोकन



अ+ अ-

भरतपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको अवलोकन गरेका छन् । भरतपुर महानगरपालिका–१२ मा युवाले शुुरु गरेको माछापालन अवलोकन गर्दै उहाँले ‘बायोफ्लक’ प्रविधिलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताए । मुख्यमन्त्री पौडेलले माछामा आत्मनिर्भर बन्नका लागि पनि यो प्रविधि महत्वपूर्ण भएको बताए ।

“थोरै जमीनमा पनि धेरै माछा उत्पादन सम्भव छ, उनले भने”, यो प्रविधि उत्कृष्ट छ, यसलाई प्रदेश सरकारले सहयोग गर्छ ।’ मुख्यमन्त्री पौडेलले नयाँ नयाँ प्रविधि प्रयोग गरेर कृषिमा आत्मनिर्भर बन्ने अभियानमा युवा वर्ग जुट्नुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदीले ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनलाई एक घर एक पोखरीको अवधारणामा विकास गर्न सकिने बताउँदै हरेक घरमा रोजगार सिर्जना गर्नका लागि यो प्रविधि निकै उपयुक्त रहेको धारणा व्यक्त गरे ।

युवाले नेपालमै नयाँ प्रणाली (बायोफ्लक) मार्फत माछापालनको सफल परीक्षणसमेत गरिसकेका छन् । युवा एग्रो फर्म एण्ड रिसर्च सेन्टर स्थापना गरेर १८ वटा ट्याङकमा माछापालन गरिरहेको सञ्चालक कपिलराज रेग्मीले बताए । “कृषिमा केही नयाँ गरौँ भन्ने सोचका साथ हामीले यो काम गरेका हौं”, उनले भने, “यो प्रविधिले धेरै किसानलाई छिटो लाभ दिन सक्छ ।”