• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

राजपामा खर्च विवाद, धेरै खर्चालु शरदसिंह भण्डारी



काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)को अध्यक्ष मण्डलमा पार्टी कोष जथाभावी हिनामिना गरिएको आरोप–प्रत्यारोप चलेको छ । अध्यक्ष मण्डलको संयोजक बनेका वेला चार नेताले आवश्यकताभन्दा बढी खर्च गरेको र हिसाब–किताब पारदर्शी नराखेको नेताहरूले एक–अर्कालाई आरोप लगाएका छन् ।

स्रोतका अनुसार वर्तमान संयोजक राजकिशोर यादव र निवर्तमान संयोजक अनील झाले अन्य चार अध्यक्ष मण्डलका सदस्यले संयोजक बन्दा चाहिनेभन्दा बढी रकम पार्टी कोषबाट खर्चेको भन्दै प्रश्न उठाएका छन् । उनीहरू निकट नेता–कार्यकर्ताले पनि हिसाब–किताब हिनामिनाको विषय उठाएका छन् ।

७ वैशाख ०७४ मा मधेसकेन्द्रित ६ दल मिलेर बनेको राजपामा चक्रिय प्रणालीका आधारमा दुई÷दुई महिना अध्यक्ष मण्डलको संयोजक बन्ने व्यवस्था विधानमा छ । पार्टी एकीकरणका वेला संयोजक बनेका महन्थ ठाकुर सबैभन्दा बढी १९ महिना (०७५ मंसिर ६ सम्म) संयोजक बने । उनी संयोजक बनेका वेलामा पार्टी स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी भयो । निर्वाचन खर्च र पार्टीका तर्फबाट उम्मेदवार बन्नेहरूलाई पनि पार्टीले खर्चको व्यवस्था ग¥यो । त्यसवेला रकम कसरी जम्मा भयो र जम्मा भएको रकम कुन मापदण्डका आधारमा खर्च गरियो भन्ने कुनै अभिलेख पार्टीसँग छैन ।

६ मंसिर ०७५ देखि ६ माघ ०७५ सम्म राजेन्द्र महतो अध्यक्ष मण्डलको संयोजक बने । नयाँ पत्रिकालाई प्राप्त पार्टीको खर्च रेकर्डमा ०७५ मंसिरमा तीन लाख ८२ हजार दुई सय ८३ रुपैयाँ खर्च भएको देखिन्छ । पुसमा ७ लाख ८८ हजार नौ सय ६८ रुपैयाँ खर्च भएको देखिन्छ । दुई महिनाको जोड्दा ११ लाख ७१ हजार दुई सय ५१ रुपैयाँँ खर्च भएको देखिन्छ । रेकर्डमा पार्टीको कोषबाट पुसमा सात लाख १६ हजार एक सय ४६ रुपैयाँको चेक काटेको देखिन्छ । मंसिरमा चार लाख ६६ हजार चार सय ६१ रुपैयाँको चेक काटेको देखिन्छ । कुन बैंकको कति नम्बरको चेक हो, त्यो भने खुलाइएको छैन ।

६ माघ ०७५ देखि ६ चैत २०७५ सम्म संयोजक बनेका महेन्द्र रायका पालामा पनि हिसाब–किताब अव्यवस्थित छ । माघको रेकर्डमा एक लाख २४ हजार पाँच सय ८० रुपैयाँ खर्च देखिन्छ । फागुन र चैतको १३ गतेसम्म १५ लाख ८३ हजार नौ सय खर्च देखिन्छ । त्यसको खर्च भुक्तानीका लागि बैंकबाट तीनवटा चेकबाट गरी १६ लाख निकालिएको उल्लेख छ । तर, कुन बैंकबाट भन्ने खुलाइएको छैन । राय यादवको कार्यकालमा १७ लाख आठ हजार चार सय ८० रुपैयाँ खर्च भएको रेकर्ड छ ।

६ चैत ०७५ देखि ६ जेठ ०७६ सम्म शरत्सिंह भण्डारी अध्यक्ष मण्डलको संयोजक बने । उनको कार्यकालमा सबैभन्दा बढी खर्च भएको देखिन्छ । चैत र वैशाखमा १९ लाख ७७ हजार नौ सय ३५ रुपैयाँ खर्च भएको रेकर्ड छ । ६ जेठ ०७६ बाट ६ साउन ०७६ सम्म संयोजक बनेका अनील झाले भने आफूले पार्टी कोषको कुनै पनि रकम खर्च नगरेको दाबी गरे । ‘म संयोजक भएका वेलामा पार्टी कोषको कुनै पनि रकम खर्च गरेको छैन । आफ्नै व्यक्तिगत रकमबाट पार्टी चलाएँ,’ झाले नयाँ पत्रिकासँग भने ।

स्रोतले भने कर्मचारीलाई तिर्ने रकम पार्टी कोषबाटै चलाएको बताउँछ । राजपाको केन्द्रीय कार्यालयमा कार्यरत नौ कर्मचारीलाई मासिक एक लाख ९६ हजार पाँच सय रुपैयाँ तलब जान्छ । अन्य नेता संयोजक बन्दा खर्च बढी भएको कुरा पार्टीमा उठेको बारेमा उनले भने, ‘मलाई मेरो विषयमा मात्रै थाहा छ, म आफू हुँदा व्यक्तिगत खर्च गरी पार्टी चलाएँ ।’

साउनमा संयोजक बनेका राजकिशोर यादवको कार्यकालको खर्च विवरण भने तयार भइसकेको छैन । राजपामा कार्यकाल सकिएपछि मात्रै खर्च सार्वजनिक गर्ने प्रचलन छ ।

सबैभन्दा बढी खर्च भण्डारीको पालामा
कार्यालयमा रहेको रेकर्डअनुसार शरत्सिंह भण्डारीको पालामा सबैभन्दा बढी खर्च भएको देखिन्छ । उनको पालामा १९ लाख ७७ हजार नौ सय ३५ रुपैयाँ खर्च भएको देखिन्छ । पार्टी स्थापना दिवस ७ वैशाख भण्डारीकै कार्यकालमा परेको, पदाधिकारी समिति बैठक र पार्टी एकीकरणको कार्यक्रम परेकाले उनको कार्यकालमा खर्च बढी भएको कार्यालयका एक कर्मचारीले जानकारी दिए । त्यस्तै, दोस्रो बढी खर्च राययादवको पालामा भएको छ । उनको पालामा १७ लाख आठ हजार चार सय ८० रुपैयाँ खर्च भएको देखिन्छ । त्यसवेलामा राजपाले सात प्रदेशका आठ स्थानमा अध्यक्ष मण्डलका सबै सदस्य पुगेर नेता कार्यकर्तासँग अन्तक्र्रिया गरेको थियो ।

कर्मचारी खर्च मासिक एक लाख ९६ हजार
राजपाको केन्द्रीय कार्यालयमा नौ कर्मचारी कार्यरत छन् । तीमध्ये एक जनाले २६ हजार पाँच सय, पाँच जनाले २५ हजारका दरले र तीन जनाले १५ हजारका दरले मासिक पारिश्रमिक लिन्छन् ।

संयोजक को हुँदा कति खर्च ?

  • १९ महिना संयोजक बनेका महन्थ ठाकुरले हिसाबै राखेनन्
  • अनील झाले पार्टीको पैसा व्यक्तिगत खर्च गरे
  • धेरै खर्चालु शरत्सिंह भण्डारी

राजपाको मासिक आम्दानी कति ?

प्रतिनिधिसभामा १६ र राष्ट्रियसभामा दुई गरी १८ जनाले १० हजारका दरले १,८०,०००
प्रदेश सभामा जम्मा २८ जना

  • प्रदेश नं २ को सरकारमा ६ जना मन्त्री १० हजारका दरले ६० हजार
  • प्रदेश सभा २ को संसदीय समितिमा दुई सभापति १० हजारका दरले २० हजार
  • बाँकी २० प्रदेश सांसदबाट सात हजारका दरले १,४०,००० हजार
  • स्थानीय जनप्रतिनिधिहरूबाट महिनामा एकमुष्ट नौ लाख
  • जम्मा आम्दानी मासिक : १३ लाख

महाधिवेशनको मुखैमा आरोप– प्रत्यारोप
राजपाले आगामी कात्तिक २८–३० मा महाधिवेशनको मिति घोषणा गरेको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेता आरोप–प्रत्यारोपमा लागेका छन् । त्यही क्रम खर्च विवरणबाट सुरु भएको देखिन्छ ।

समाजवादी पार्टीसँग एकता तत्काल गर्ने या पार्टी महाधिवेशनपछि गर्ने भन्नेमा दुई अध्यक्ष मण्डलमा दुई धार देखिएपछि विषयान्तर भएर कोषतिर सरेको छ । ६ सदस्यीय अध्यक्ष मण्डलमा ठाकुर, भण्डारी, राययादव र महतो पार्टी एकताको पक्षमा छन् । वर्तमान अध्यक्ष मण्डलका संयोजक यादव र झा आफूहरूलाई अन्य नेतासरह पार्टी एकीकरणपछि पद हुने निश्चित नहुँदासम्म एकीकरण हुन नदिने पक्षमा छन् ।

आर्थिक विषय उठाउन यादव र झा एक स्थानमा उभिएका देखिन्छन् । दुई महिना अध्यक्ष मण्डलको संयोजक बनेका झाले अध्यक्ष मण्डलको बैठक एकपटक मात्रै डाके । वर्तमान संयोजक यादवको नेतृत्वमा भने एउटा बैठक पनि बस्न सकेको छैन । ‘बैठक नै नबस्ने र पार्टीका कुनै पनि कार्यक्रम नगर्ने, त्यसपछि हामीले पार्टीको कोष बचायौं भन्नुको कुनै अर्थ देखिन्नँ,’ एक नेताले भने । यस विषयमा जानकारी लिन खोज्दा यादव र झा सम्पर्कमा आएनन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।