२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमाली सेनाद्वारा अल–शबाबका नेता पक्राउ



अ+ अ-

मोगादिसु । सोमाली सुरक्षा फौजले बुधबार सोमालियामा भएका पछिल्ला आक्रमणका बारेमा अल–शबाबका वरिष्ट नेतालाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ । अल–शबाबको आक्रमणका कारण हालै मात्र क्षेत्रीय प्रशासन प्रमुखको ज्यान गएको थियो । सोमाली राष्ट्रिय सुरक्षा निकाय ९निसा० का अनुसार मोगादिशुमा आइतबार गरिएको आक्रमणमा बनादिर प्रशासनका पूर्व सचिव मोहमद अमिन शेख एल्मीको मृत्यु भएको थियो ।

निसाले शंकास्पद आक्रमणकारीलाई मोगादिशुमा गिरफ्तार गरिएको छ । उनको घरमा खानतलासी गर्दा मोबाइल फोन, ब्याट्री र अरु बम बनाउन प्रयोग गरिने सामान बरामद गरेको थियो । एल्मीको सवारी साधनलाई लक्षित गरी आइतबार भएको आक्रमणमा उनी गम्भीर घाइते भएका थिए ।

अलकायदासँग सम्बद्ध अल–शबाब समूहले पश्चिमा मुलुकको समर्थनमा बनेको सोमाली सरकार सत्ताच्यूत गर्न केही वर्षदेखि सशस्त्र संघर्ष गरिरहेको छ । यही समूहले आइतबारको आक्रमणको पनि जिम्मेवारी लिएको थियो । सोमाली सरकार र अफ्रिकी युनियनका सैनिकले अल–शबाब विरुद्ध मध्य र दक्षिणी सोमाली क्षेत्रमा भिषण कारबाही गरिरहेका छन् ।

तैपनि, विद्रोहीहरुले सोमालियाको धेरै ठूलो भूभागमा कब्जा गरिरहेका छन् । उनीहरुले सडक लगायतका विभिन्न ठाउँमा विद्युतीय धराप बिछ्याएर सुरक्षाफौज र सर्वसाधारणको ज्यान लिने गरेका छन् ।