१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी पढाउन हेलचक्रयाइँ नगरौँ: मुख्यमन्त्री भट्ट



अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यार्थी पढाउनमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गरेका छन् । डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको शहीद स्मृति आवासी विद्यालय राजपुरको आज अनुगमन गर्दै मुख्यमन्त्री भट्टले विद्यार्थी पढाउनमा कुनै हेलचक्रयाइँ नगर्न शिक्षकहरुलाई निर्देशनसमेत दिएका छन् ।

निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले पढाइमा लापरवाही गर्ने शिक्षकलाई तत्काल कारवाही गर्ने बताए । दश वर्षे जनयुद्धका बेला शहीद भएकाहरुका छोराछोरी र विपन्न सामुदायका छोराछोरीहरु अध्ययन गर्ने उक्त विद्यालयको स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने मुख्यमन्त्री भट्टले आश्वासन दिएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेमबहादुर कुँवरले जानकारी दिए ।