१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोजर फेडेरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश



अ+ अ-

काठमाडौं । विश्व नम्बर एक खेलाडी रोजर फेडेरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन । न्युयोर्कमा बिहीबार भएको दोस्रो चरणको खेलमा बोसनियाका दामिर जुमहुरलाई पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् ।

उनले दामिरलाई ३–६, ६–२, ६–३ र ६–४ को सेटमा पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेका हुन् । पूर्वविश्व नम्बर एक खेलाडी रोजर फेडेररले भारतीय खेलाडी सुमित नगाललाई पहिलो चरणमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका थिए ।