१५ असार २०८३, सोमबार
,
Latest
किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीस तालिबान र तीन आइएस लडाकूद्धारा आत्मसमर्पण



अ+ अ-

जलालावाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा त्यहाँका सशस्त्र लडाकू तालिबान र आइएसका गरी २३ जनाले अफगानिस्तानको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जलालाबाद प्रहरीचौकीमा गएर २० जना तालिबान र अरु तीन जना आइएस लडाकूले आत्मसमर्पण गरेका हुन् । उनीहरुले अबदेखि आफूहरु हिंसामा नलाग्ने भन्दै आफूसँग रहेका हतियारहरु पनि प्रहरीलाई बुझाएका बताइएको छ ।

नान्गाहार प्रान्तका प्रान्तीय प्रहरी अधिकारीले सो जानकारी गराएका समाचारमा जनाइएको छ । बुधबार उनीहरुले आफ्ना हातहतियार बुझाएर आत्मसमर्पण गरेका र त्यसमा तीन जना आइएस लडाकूसमेत रहेका भनी उक्त प्रान्तीय प्रहरीका अधिकारीले विज्ञप्तिमा जनाएका छन् । उनीहरुले विगतका केही वर्षहरुदेखि सरकार विरुद्धको हिंसामा संलग्न भइ काम गर्दै आएका थिए ।

अबदेखि उनीहरुले आफूहरु हिंसामा नलाग्ने र सरकारको शान्ति प्रक्रियामा सहयोग गर्ने बताएका छन् । अफगान सरकारले अफगानिस्तानका बढी तालिबानको प्रभाव रहेका नान्गाहार लगायतका पूर्वी प्रान्तहरुमा शान्ति प्रक्रियामा तालिबानहरुलाई ल्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसबाट सरकारको उक्त शान्ति कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सरकारी अधिकारीको भनाई छ ।

उनीहरुको यो आत्मसमर्पणबारे अफगानिस्तानको हिंसा जारी राखेका तालिबान र आइएसले पनि कुनै प्रतिक्रिया दिएको छैन । केही समय देखि अफगानिस्तानका तालिबान र सरकारबीच संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शान्ति वार्ता जारी रहेको छ । तर उक्त शान्तिवार्ता सफल भने हुन सकिरहेको छैन ।