२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१५ च्याम्पियनसिप: नेपाल फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । नेपाल साफ यू–१५ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतको कल्याणी रंगशालामा बिहीबार भएको खेलमा भुटानलाई ६–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा थप चार गोल गरेको हो ।

राउन रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्ने छन् । नेपाल अन्तिम खेलमा जित हात पारेसँगै फाइनलमा पुगेको छ । फाइनल प्रवेशका लागि बिहीबार नै भारत र बंगलादेशबीच खेल हुदैछ ।

नेपालले चार खेलबाट ९ अंक बनाएको छ भने भारतको पनि ९ अंक नै रहेको छ । यता, बंगलादेशको भने ६ अंक मात्र छ । जारी प्रतियोगिताबाट श्रीलंका र भुटान भने बाहिरिसकेका छन् ।