२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम दिन पनि नेप्से ओरालो



अ+ अ-

काठमाडौँ । बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.१६ बिन्दुले घटी २६१.२४ मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरिदबिक्री भए ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्र शेयर बढेको छ । बैङ्किङ ०.८६, र विकास बैङ्क २.९ बिन्दुले बढ्दा व्यापार २.३७, होटल ०.०७, जलविद्युत् ३.०४, वित्त १.६९, निर्जीवन बीमा १०.७१, उत्पादन ३२.२२, अन्य ०.१५, लघुवित्त १.८४ जीवन बीमा ५०.२४ र सामूहिक लगानी कोषको शेयर ०.०२ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज कुमारी बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु एक करोड ६२ लाख ४४ हजार ६०३ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४८ लाख ६६ हजार ४९२, एनआइसी एसिया बैङ्क रु एक करोड ३० लाख ८० हजार ७२६, प्रभू बैङ्क रु एक करोड १७ लाख ३८ हजार १३९, माछापुछ्रे बैङ्क रु एक करोड तीन लाख १३ हजार १८२ र छिमेक लघुवित्त विकास बैङ्कको संस्थापक शेयर रु एक करोड एक लाख ८६ हजार ३२० मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले कमाउँदा एनएलजी इन्स्योरेन्स ३.७२, युनियन हाइड्रोपावर ३.३९, एक्सेल डेभपलमेन्ट बैङ्क ३.३५, कालिका पावर कम्पनी २.५० र मितेरी डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले २.१५ प्रतिशतले कमाए ।

यस्तै युनाइटेड फाइनान्स ६.४१, कर्णाली डेभलपमेन्ट बैङ्क ३.७०, मिथिला लघुवित्त वित्तीय संस्था ३.६२, गरिमा विकास लघुवित्त वित्तीय संस्था ३.६१ र नयाँ नेपाल लघुवित्त विकास बैङ्कका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाए ।