१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमा प्रहरी चौकी महेशपुरद्धारा अबैध मालसमान बरामद



अ+ अ-


उर्मिला यादव/सुनवल । नवलपरासी बर्दघाट सुस्ता पश्चिम सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी गस्ती टोलीले अबैध मालसमान बरामद गरेको छ । नवलपरासी जिल्लाको सरावल गाउपालिका ७ भुजहवा स्थित भारतबाट अबैध रुपमा ल्याउदै गरेको मालसमान प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार अबैध रुपमा भन्सार चोरी निकासी तथा पैठारी गरी ल्याउदै गरेको १० थान कोटको कपडा १ सय १३ मिटर अन्दाजी उन्नासी हजार बराबरको माल समान प्रहरीले बरामद गरेको हो । प्रहरी गस्ती टोलीले सामान पक्राउ गरी , आवश्यक अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका बर्दघाट सुस्ता पश्चिमका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।